मेलम्चीको पाइप फुटेर बबरमहलमा बाढी

काठमाण्डु टुडे २०८१ माघ ३० गते १५:३६ मा प्रकाशित

काठमाण्डू, ३० माघ– काठमाण्डूको बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा बाढी भएको छ ।

काठमाण्डू जिल्ल अदालत अगाडि मेलम्ची खोनेपानीको पाइप फुट्दा मुल सडकमै बाढी आएपछि सवारी आवागमन अवरुद्ध भएको छ ।

जिल्ला अदालत र वन परिसरसहित बबरमहल आसपासका सरकारी कार्यालय डुबानमा परेका छन् ।

बाढी नियन्त्रणका लागि प्रहरी र महानगर प्रहरी परिचालन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us