सासु हत्याको आरोपमा बुहारी पक्राउ

काठमाण्डु टुडे २०८१ माघ ३० गते १४:०१ मा प्रकाशित

जनकपुर, ३० माघ– धनुषामा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् ।

जनकनन्दनी गाउँपालिका–५ उधाकी ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या अभियोगमा बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डल पक्राउ परेकी हुन् ।

घरायसी विवादमा बुहारीले कुटपिट गर्दा मसुन्द्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us