एमाले मेयरका छोराले कार्यकक्षमै कुटे प्रशासकीय अधिकृत, मेयरद्वारा गोली हान्ने धम्की

काठमाण्डु टुडे २०८१ माघ ३० गते ७:५० मा प्रकाशित

जनकपुर, ३० माघ– धनुषाको विदेहनगर नगरपालिकाका मेयर बेचन दास तत्माका छोरा रामभजनले प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई कार्यकक्षमै कुटेका छन् ।

मेयरका छोराले आफूलाई सोमबार कार्यकक्षमै कुटपिट गरेको भन्दै प्रशासकीय अधिकृत साहले शान्ति सुरक्षा माग गर्दै स्थानीय प्रशासनमा निवेदन दिएका छन् ।

उनले दोषीमाथि कारबाहीको माग पनि गरेका छन् । शिक्षा सेवा आयोगबाट सिफारिस भएकी शिक्षिका पवन कुमारीलाई विद्यालयमा हाजिर गराएको भन्दै रामभजनले आफूलाई कुटपिट गरेको साहले बताए ।

एमाले समर्थक नहरेकी शिक्षिका पवनलाई किन हाजिर गराएको भन्दै कुटपिट भएको उनको भनाइ छ ।

मेयर दासले घटनाबारे प्रहरीलाई जानकारी गराए गोली हान्ने धम्की दिएका छन् । प्रशासकीय अधिकृत साहले मेयर दासका बाबुछोरालाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका छन् ।

मेयर दासले भने आफूले साहमाथि आफूले कुनै धम्की नदिएको दाबी गरे । उल्टै उनले प्रशासकीय अधिकृत साहले जनताको काम नगर्ने र अनावश्यक दुःख दिने गरेको आरो लगाए ।

एमाले नेता दास ०७९ जेठमा सम्पन्न स्थानीय तह निर्वाचनमा विदेहको मेयरमा विजयी भएका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us