अर्थमन्त्रीले हटाए अर्थसचिव

काठमाण्डु टुडे २०८१ माघ २९ गते १७:१० मा प्रकाशित

काठमाण्डू, २९ माघ– सरकारले अर्थसचिव डा. रामप्रसाद घिमिरेको सरुवा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद बैठकले अर्थसचिवको सरुवा गरेको हो ।

घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । अर्थसचिवमा घनश्याम उपाध्यायलाई ल्याइएको छ ।

उपाध्याय यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव थिए । अख्तियार सचिवमा नारायणप्रसाद शर्मा दुवाडीलाई जिम्मेवारी दिइएको छ ।

उनी यसअघि राष्ट्रपति कार्यालयमा थिए । अर्थमन्त्री पौडेलले आन्तरिक राजश्व विभाग र भन्सार विभागका महानिर्देशक पनि परिवर्तन गरेका छन् ।

राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई सामान्य प्रशासन मन्त्रालय र भन्सारका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

अर्थ मन्त्रालयका सहसचिवद्वय दीर्घराज मैनालीको सूचना आयोग र नारायणप्रसाद रिसालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us