काठमाण्डू, २९ माघ– माओवादी केन्द्रका सांसद जनार्दन शर्माले नेपालमा विधिको शासन कमजोरहरूका लागि मात्र हुने गरेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार विशेष समयमा बोल्दै शर्माले जोसँग पावर छ उसले विधि मान्नुनपर्ने टिप्पणी गरे । ‘विधि भनेको पावर हुनेले मान्ने कुरा होइन । निर्धाले मान्ने कुरा हो’, शर्माले भने, ‘जो सँग शक्ति र पावर हुन्छ उसले विधि मान्नु पर्दैन ।’
शर्माले संसदमा विकास निर्माण, आर्थिक उन्नति र जनताको भावनाभन्दा फरक ढंगले आरोप प्रत्यारोप हुने गरेको बताए । शीर्ष नेताहरुले नै जुहारी खेल्ने गरेको भन्दै असन्तुष्टि जनाए । कोही सरकार ढल्यो भन्ने र कोही ढल्दैन भन्ने बहसमा सामेल हुने गरेको भन्दै उनले त्यसमा जनताको कुनै चासो र सरोकार नभएको टिप्पणी गरे । शर्माले आफ्ना कुरालाई जनताले कसरी हेरिरहेका छन् भन्ने बुझ्न नेताहरुलाई सुझाए ।