चाबहिलमा एक युवकको हत्या

काठमाण्डु टुडे २०८१ माघ २८ गते १५:०४ मा प्रकाशित

काठमाण्डू, २८ माघ– काठमाण्डूको चाबहिलमा एक युवकको हत्या भएको भएको छ । चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ । झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

यद्यपि पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । घटनालाई गोप्य राखेर अनुसन्धान अघि बढाइएको अनुसन्धानमा संग्लन प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन ।

घटनाबारे थप विवरण भोलि (मंगलबार) मात्रै सार्वजनिक गर्ने तयारी रहेको पनि पहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us