काठमाण्डू, २८ माघ– स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले काठमाण्डू महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहा (बालेन)ले महानगर भित्र कवाडी व्यवसायीमाथि गरेको व्यवहारप्रति आपत्ति व्यक्त गरेका छन । आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै स्वतन्त्र सांसद सिंहले यस्तो बताएका हुन ।
आइतबार टेकुस्थित कवाडी गोदाम भत्काउन पुगेको काठमाण्डू महानगरको प्रहरी टोलीले व्यवसायीमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएका हुन् । उनले काठमाण्डूका मेयर बालेन्द्र साहलाई कवाडी गोदाम मात्र नभएर सिंहदरबार भत्काउन पनि च्यालेन्ज समेत दिएका छन ।
उनले भने, ‘बालेनलाई च्यालेन्ज गर्छु हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ, हिम्मत छ भने सर्वोच्च अदालत, बालुवाटार र शीतल निवास भत्काएर देखाऊ। यो नाजीवाद मेयरको चल्दैन ।’