केपी ओलीले संविधान खारेज गर्न चाहेका छन्ः प्रचण्ड

काठमाण्डु टुडे २०८१ माघ २८ गते १२:१९ मा प्रकाशित

जनकपुर, २८ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधान खारेज गर्न चाहेको आरोप लगाएका छन् ।

सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ओली परिवर्तनबाट प्राप्त एजेण्डासहित संविधान खारेज गर्न उद्धत रहेको आरोप लगाए ।

‘हामीले धेरैपटक भनि नै सकेका छौं । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त’, प्रचण्डले भने ।

त्यसैका लागि ओलीले यसअघि दुईपटकसम्म संसद विघटन गरेको टिप्पणी उनको थियो ।

फरक प्रसंगमा उनले आफू प्रधानमन्त्री भएका बेला मधेसी जनताको मागअनुसार दुईपटकसम्म संसदमा संविधान संशोधनको प्रस्ताव लैजाँदा ओलीले रोकेको दाबी गरे ।

‘मैले मधेशी जनताका लागि दुईपटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो’, प्रचण्डले भने, ‘तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us