ओली रहँदासम्म कम्युनिष्ट एकता सम्भव छैनः प्रचण्ड

काठमाण्डु टुडे २०८१ माघ २८ गते १२:१२ मा प्रकाशित

जनकपुर, २८ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधनमन्त्री केपी ओली एमाले नेतृत्वमा रहँदासम्म बाम एकता नहुने बताएका छन् ।

सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ओली रहँदासम्म बामपन्थी एकता नहुने बताए । ‘केपीजी रहँदासम्म नेपालमा कम्युनिस्ट एकता, बामपन्थी एकता हुने स्थिति छैन’, उनले भेन ।

उनले काँग्रेससँगको सहकार्य पनि आफूहरुको प्राथमिकतामा नरहेको बताए । आफूहरु तत्काल सरकार बनाउने पक्षमा नहरेको भन्दै उनले पार्टी सुदृढीकरणको योजनाका साथ अघि बढेको उल्लेख गरे ।

‘अहिले सरकारमा हाम्रो ध्यान छैन’, उनले भने, ‘हामी जनतामा जाने, जागरण ल्याउने, नयाँ किसिमले पार्टी विस्तार गर्ने, सुदृढीकरण गर्ने अभियानमा छौं ।’

विगतमा काँग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरुको फोहोर सरेको टिप्पणी गर्दै प्रचण्डले नुहाइधुवाइ गरेर जनतामा जान सुरु गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us