काठमाण्डू महानगरले गुन्डागर्दी प्रदर्शन गरिरहेको छः प्रभु साह

काठमाण्डु टुडे २०८१ माघ २७ गते १६:२६ मा प्रकाशित

काठमाण्डू, २७ माघ– आम जनता पार्टीका सांसद प्रभु साहले काठमाण्डू महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका छन । आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन ।

सांसद साहले काठमाण्डूको टेकुमा कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला गरेर काठमाण्डू महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका हुन् । ‘आज ११ बजे टेकुको कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला भएको छ । कथित महानगरका प्रहरी भन्नेहरूको जत्थाले गम्भीर घाइते बनाएका छन् ।

म विशेष आग्रह गर्न चाहन्छु कानुन र अदालतको आदेश विपरीत जसरी काठमाण्डू महानगरपालिकाले गुन्डागर्दी प्रस्तुत गरिरहेको छ । सरकार कानुन बहालीका लागि के सक्षम होइन रु सक्षम हो भने सबैको जीउधनको सुरक्षा गर्न सक्रियता देखाओस्,’ साहले भने । आइतबार टेकुमा कवाडी गोदाम हटाउन पुगेको काठमाण्डू महानगरपालिकाको नगर प्रहरी बललाई कवाड व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको महानगरको भनाइ छ ।

झडपमा ५ जना घाइते भएका छन् । नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले कवाडी व्यवसायीले बोत्तल प्रहार गरेको र आत्म सुरक्षा गर्ने क्रममा दोहोरो झडपको स्थिति आएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us