एमाले सांसद पन्तको सरकारलाई प्रश्नः आगलागी नियन्त्रणको योजना के छ ?

काठमाण्डु टुडे २०८१ माघ २७ गते १६:१७ मा प्रकाशित

काठमाण्डू, २७ माघ– सत्ता घटक दल एमालेका सांसद रघुजी पन्तले आगलागी नियन्त्रणको योजना के छ भनेर सरकारलाई प्रश्न गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै एमाले सांसद पन्तले यस्तो बताएका हुन ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले भने, ‘आगलागी नियन्त्रणका लागि सरकारको तयारी के छ ? अनि अहिलेसम्मका पीडितहरूको बारेमा के भइरहेको छ ? सभामुखको रुलिङ होस्, गृहमन्त्री यहाँ आएर अहिलेसम्मका स्पष्ट विवरण दिनुस् ।

गत असोजको विपद्‌मा सरकारले ‘भिजिबिलिटी’ पुगेन भनेर उद्धार नगरेको उल्लेख गर्दै उनले सचेत गराए, ‘फेरि भिजिबिलिटी पुगेन भन्ने अवस्था नआओस् । आगलागीबाट प्रभावित भएकाहरूको सुरक्षाका लागि सरकारले चाँडै कदम चालोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us