
काठमाण्डू, २७ माघ– काठमाण्डूको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका २१ वर्षीय राजन कटुवाल रहेको प्रहरीले जानकारी दिएको छ ।
आलापोटस्थित सडकमा बागमती प्रदेश ०२–०३७ प ०९०३ नम्बरको मोटरसाइकल र बा ७१ प १४७१ नम्बरको मोटरसाइक्ल आपसमा ठोक्किएर कटुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शनिबार राति दुर्घटना हुँदा बागमती प्रदेश ०२–०३७ प ०९०३ नम्बरको मोटरसाइकलका चालक कटुवालको मृत्यु भएको हो ।
दुर्घटनमा गम्भीर घाइते उनी नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ । बा ७१ प १४७१ नम्बरको मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरीएको प्रहरीले जानकारी दिएको छ ।