
काठमाण्डू, २७ माघ– प्रहरीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठानबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौमुखी गाउँपालिका–५ खुङ सुन्दरमेला बस्ने २२ वर्षीय कुलमान थापा मगर रहेको जिल्ला प्रहरी कार्यलय प्युठानले जानकारी दिएको छ ।
उनलाई शनिबार साँझ पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । कुलमानले ती बालिकालाई बिहीबार दिउँसो बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पुजालिबासेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।