अध्यादेशबारे मतदान गर्ने बेला भएको छैनः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ माघ २७ गते १४:५३ मा प्रकाशित

काठमाण्डू, २७ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबारे अहिले मतदान गर्ने बेला नभएको प्रतिक्रिया दिएका छन । आज आइतबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन ।

‘अध्यादेशबारे अहिले मतदान गर्ने बेला भएको छैन,’ प्रधानमन्त्री ओलीले सञ्चारकर्मीको प्रश्नको जवाफमा भनेका छन् । सरकारले हिउँदे अधिवेशन सुरु हुनुअघि ६ वटा अध्यादेश ल्याएको थियो । तर, यही २४ गते स्थागित भएको अध्यादेश अगाडि बढाउने कार्यक्रम भने कार्यसूचीमा परेको छैन ।

स्थगित गर्दा नेताहरूले २७ गतेको सभामा अध्यादेश अगाडि बढ्ने बताएका थिए । तर, आइतबारको दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश रहेको छैन ।

प्रतिनिधि सभाको बैठक आज डेढ घण्टा ढिलो हुँदा पनि सुरु भएको छैन । जहाँ महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यसका अलावा बिभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us