नेसपा (नयाँ शक्ति)को महाधिवेशनमा नयाँ र वैकल्पिक पार्टीलाई मात्रै निम्तो

काठमाण्डु टुडे २०८१ माघ २७ गते १४:१२ मा प्रकाशित

काठमाण्डू, २७ माघ– पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजबाट सुरु भएको छ । काठमाण्डूको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको महाधिवेशन माघ आगामी २९ गतेसम्म चल्ने बताइएको छ ।

महाधिवेशनको उद्घाटन सत्र अहिले जारी छ । उद्घाटन सत्रमा सहभागी हुन नयाँ र वैकल्पिक पार्टीहरूलाई मात्रै निम्तो दिइएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डोल प्रसाद अर्याल, विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटा लगायत पुगेका छन् ।

अन्य ठूला राजनीतिक दलका नेतृत्वलाई भने अधिवेशनमा निम्तो दिइएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us