प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक

काठमाण्डु टुडे २०८१ माघ २७ गते १२:५२ मा प्रकाशित

काठमाण्डू, २७ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाएका छन ।

बैठक आज आईतबार साझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारका बस्ने प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

७ बुँदे सहमतिका आधारमा बनेको कांग्रेस–एमाले गठबन्धनलाई यो संयन्त्रले सहजीकरण गर्दै आएको छ । नेताहरुका अनुसार अहिले सरकारले ल्याएको अध्यादेशलगायत विषयमा छलफल हुनेछ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us