हाम्रो नेतृत्वले जनअपेक्षा बुझ्नै सकेनः चन्द्र भण्डारी

काठमाण्डु टुडे २०८१ माघ २६ गते २०:२६ मा प्रकाशित

गुल्मी, २६ माघ- कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले राजनीतिक नेतृत्वले जनअपेक्षा बुझ्न नसकेको बताएका छन् ।

गृहजिल्ला गुल्मीको तम्घासमा शनिबार आयोजित कार्यक्रममा भण्डारीले राजनीतिक दलका नेता र जनताको सोचमा फरक परेको बताए । सबै राजनीतिक दलमा नेतृत्व परिवर्तनको समय आइसकेको उनको भनाइ थियो ।

समयअनुसार आफूलाई बदल्न नसके राजनीतिक दलहरुका लागि भावी दिनहरु सुखद हुन नसक्ने भण्डारीले प्रष्ट्याए ।

नेताहरूले जनअकांक्षा बुझ्न नसक्दा आममानिसमा निराशा व्याप्त भएको र राजनीतिक नेतृत्वप्रति नकारात्मक धारणाको विकास भएको उनले बताए ।

फरक प्रसंगमा उनले लोकतन्त्रमा सीमान्तकृत वर्ग र समुदाय माथि उठ्नपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us