अध्यादेश जसरी पनि पारित हुन्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाण्डु टुडे २०८१ माघ २६ गते १८:४५ मा प्रकाशित

काठमाण्डू, २६ माघ– पूर्व उपप्रधान एवं रक्षा मन्त्री समेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले ल्याएको अध्यादेश जसरी पनि संसदबाट पारित हुने दाबी गरेका छन । आज शनिबार नुवाकोटको विदुर पुगेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन ।

उनले जनताका जल्दाबल्दा समस्याहरु तत्काल समाधान गर्न ओली सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन । उनले भने, ‘प्रतिनिधिसभामा त केहि समस्या भएन । समस्या राष्ट्रियसभामा हो ।

त्यो छलफलमै रहेको छ । कुरै भएन ।’ ‘सरकारको आयु नेकपा एमाले र नेपाली कांग्रेसले इमान राखुञ्जेल टिक्छ। इमान रहुञ्जेल कसैले धारे हात राखेर भत्काउन सक्दैन ।

अहिलेको समीकरणमा नेपाली कांग्रेस र नेकपा एमाले कटिबद्ध छ ।’ सरकारको आयुको बारे मिथ्या, भ्रामक जानकारीलाई लिएर समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई उनले आग्रह समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us