नुवाउने क्रममा खोलाले बगाएर वडा सदस्यको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ २६ गते १८:३२ मा प्रकाशित

विदुर, २६ माघ– विदुर नगरपालिका–९ की वडासदस्य धनकुमारी सुनारको निधन भएको छ । आज (शनिबार) बिहान देविघाटस्थित जालपा मन्दिरमा दर्शनार्थ खोलामाा नुवाउने क्रममा सुनारलाई नदीले बगाएको थियो ।

बेपत्ता भएकी सुनारलाई खोजी क्रममा नेपाल प्रहरी विपद व्यवस्थापनको उद्धार टोलीले बेलकोटगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटीस्थित त्रिशूली नदिमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख दुर्गाराज रेग्मीले जानकारी दिएका छन ।

वडासदस्य सुनार नेकपा एमाले नुवाकोटका जिल्ला कमिटि सदस्य हुन् । सुनारले दलित महिला सदस्यमा १ हजार २५ मत प्राप्त गरी निर्वाचित भएकी थिईन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us