काठमाण्डू, २६ माघ– प्रहरीले सप्तरीको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद गरेको छ ।
बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट शनिबार उक्त परिमाणको गाँजा बरामद गरीएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जानकारी दिएको छ ।
मौवहा मल्हनिया प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तामाङका अनुसार सवारीसाधनका चालक फरार रहेका छन । फरार चालकको खोजी कार्य भइरहेको साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
गत पुस २७ गते पनि बलान बिहुल गाउँपालिका–१ कमलदाहाबाट ६७० किला तथा मङ्सिर ४ गते जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार सात सय १७ किलो गाँजा बरामद भएको थियो ।