समाजवाद निर्माणको मुख्य आधार कृषि हो: प्रचण्ड

काठमाण्डु टुडे २०८१ माघ २६ गते १७:२१ मा प्रकाशित

काठमाण्डू, २६ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा समाजवाद निर्माणमको मुख्य आधार कुषि भएको बताएका छन । आज शनिबार अखिल नेपाल किसान महासंघ (क्रन्तिकारी केन्द्र)को क्रन्दीय समितिको तोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

अध्यक्ष प्रचण्डले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने पनि बताएका छन । प्रचण्डले कृषिमा जोड दिँदा मात्रै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासको आधार पनि बन्न सक्ने पनि बताएका छन । उनले भने, ‘आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकासको मूल आधार कृषि उत्पादनमा वृद्धि र कृषिमा आधारित औद्योगिकरणको नीति अवलम्बन हो ।

र, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह स्थानीय सरकार हो,’ उनले भने, ‘भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय सरकारको रणनैतिक महत्वलाई आत्मसात गरेर उत्पादनका निमित्त संघर्ष, वैज्ञानिक प्रयोग र सांस्कृतिक रुपान्तरणमा जोड दिने नीति लिएको छ ।’

अध्यक्ष प्रचण्डले निजीकरण र उदारीकरणका नाममा दलाल, नोकरशाही, पुँजीपति र बिचौलियाले राष्ट्रिय अर्थतन्त्रको विकासलाई तहसनहस बनाएको बताउँदै अब क्रान्तिकारीहरूले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगिकरणको मौलिक बाटो समात्नुपर्ने पनि बताएका छन ।

स्थानीय उत्पादनमा जोड, उत्पादनको प्रशोधन र साना उद्योगहरूको स्थापनामार्फत रोजगारी बढाउने काममा ध्यान दिने काममा पार्टी निर्णय किसान महासंघले आम किसानको बीचमा लैजानुपर्ने उनले बताएका छन । आफ्नो पार्टीबाट जितेका पालिकाका जनप्रतिनिधिहरूलाई राष्ट्रिय भेला गरेर स्थानीय तहमा समाजवादको अभ्याससम्बन्धी प्रशिक्षण दिने कार्यक्रम बनाइएको पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us