काठमाण्डू, २६ माघ– अहिले दिल्लीको विधानसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । सो क्रममा आम आदमी पार्टीका संस्थापक तथा संयोजक अरविन्द केजरीवालले नयाँ दिल्ली सिटबाट पराजित भएका छन ।
यसै प्रसंगलाई लिएर पूर्व मन्त्री एवं नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपालाई लक्षित गर्र्दै टिप्पणी गरेका छन् । एमाले नेता बस्नेतले आज (शनिबार) सामाजिक सञ्जालमा केजरीवाल र रास्वपा सभापति रवि लामिछानेको तस्बिर सेयर गर्दै पपुलिष्ट व्यक्ति र पार्टीको हार निश्चित रहेको भन्दै टिप्पणी गरेका हुन ।
उनले भारतमा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको बताउँदै नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्यक्ति र पार्टी हराउने कुरा निश्चितै भएको पनि दाबी गरेका छन । केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुने बस्नेतले टिप्पणी गरे ।
उनले लेखेका छन्, ‘इन्डियामा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको छ। नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउदै गरेका ब्यक्ती र पार्टी हराउने कुरा निश्चितै छ ।
केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुनेछ। बालेन्द्र हर्केको कुरै नगरौँ ।’