एमाले उपाध्यक्ष थापालाई आजीवन कारावास हाल्न माओवादी नेताको आग्रह

काठमाण्डु टुडे २०८१ माघ २५ गते १४:१५ मा प्रकाशित

k|ltlglw;ef /fHo Joj:yf tyf ;’zf;g ;ldltsf] ;f]daf/sf] a}7sdf oxL c;f/ % ut] ;nf{xLsf] nvgb]xLdf s’df/ kf}8]n dfl/Psf 36gaf/] hfgsf/L lbFb} u’xdGqL /fdaxfb’/ yfkf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाण्डू, २५ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले पूर्व माओवादी नेता समेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापालाई आजीवन कारावास हाल्न सरकारसँग आग्रह गरेका छन् ।

हिजो बिहीबार अछाम पुगेका एमाले उपनध्यक्ष बादलले ‘जनयुद्ध हिंसा नै थियो’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसको जावाफमा माओवादी नेता सापकोटाले सरकारले तुरुन्त गिरफ्तार गरी आजीवन कारावास हाल्न माग गरेका हुन ।

‘माओवादीका पूर्वनेता रामबहादुर थापा जनयुद्धलाई ‘हिंसा’ भनेका हुन् भने सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, तुरुन्त गिरफ्तार गरी आजीवन काराबास हालियोस् , उनले शुक्रबार फेसबूकमा लेखेका छन् ।

उनले थप लेखेका छन्, ‘किनभने उनले भनेको हिंसा उनी आफैँ पत्यक्ष संलग्न भएर गरेका हुन्। हामीले त जनयुद्ध गरेका हौँ। त्यो न्याय र परिवर्तनका लागि वर्ग संघर्ष थियो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us