काठमाण्डू, २५ माघ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेकी छन ।
अहिले गुठी पीडितहरू काठमाण्डूको माइतीघरमा प्रदर्शनमा छन् । उनीहरूको माग सम्बोधन गर्न सरकारले तदारुकता नदेखाएको उनको आरोप छ ।
आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गुठी जग्गाबाट निस्कासित भएकाहरूले पुनस्थापितको माग राख्दै आएको उनले बताएकी छन ।
किसानले रैथानीबापत बुझाउनुपर्ने रकम वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने र जोतभोग गर्दै आएको जमिन मोहीको नाममा कायम गरियोस् भन्ने पीडितको माग रहेको उनले बताइन ।
माइतीघरमा एक सातादेखि माइतीघरमा धर्नामा रहेको तर, सरकारले उनीहरूसँग कुरा समेत नगरेको भनेर ध्यानाकर्षण गरिन् ।