‘जनयुद्ध हिंसा नै हो’ भनेमा एमाले नेता बस्नेतले गरे बादलको प्रशंसा

काठमाण्डु टुडे २०८१ माघ २५ गते १२:५९ मा प्रकाशित

काठमाण्डू, २५ माघ– हिजो बिहीबार अछाम पुगेका पूर्व माओवादी नेता समेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापाले माओवादी गरेको युद्ध जनयुद्ध नभएर हिंसा नै भएको दाबी गरेका थिए ।

यसपछि खासगरी माओवादी नेता, कार्यकर्ता र समर्थकहरूले उनको तीव्र आलोचना गरिरहेका छन्। तर, एमालेजनहरूले भने उनको प्रशंसा गरेका छन् । उनको प्रशंसामा एमाले नेता महेश बस्नेतले लेखेका छन्, ‘एमाले उपाध्यक्ष रामबहादुर थापाले अछाम पुगेर माओवादी जनयुद्ध हिंसा नै हो भन्नुभएछ । जुनसुकै उद्देश्यले गरिएको होस्, जुनसुकै परिवर्तन र क्रान्तिलाई त्यसले सपोर्ट गरेको होस्, जनयुद्ध भन्ने हिंसा नै हो ।’

उनले थपेका छन्, ‘तसर्थ, हाम्रो अध्यक्ष केपी शर्मा ओलीज्यूले भन्नुभएको हिंसा शब्दमा हाम्रो सहमति छ ।’ उनले जनयुद्ध दिवस मनाउने र बिदा दिने प्रचलन संसारमा कहीँ नभएको बताएका छन् ।

‘त्यो हामीले पनि गर्नु हुँदैन । रामबहादुर थापाज्यूको सच्चाइप्रतिको यो बुझाइलाई हार्दिक अभिवादन ।’त्यसो त थापा पूर्वमाओवादी नेता नै हुन्। माओवादी जनयुद्धमा उनी पनि सामेल थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us