रविले चेक काटेको स्वीकारेका छन्, अहिल्यै निर्दोष भन्न मिल्दैनः चितवन अदालत

काठमाण्डु टुडे २०८१ माघ २४ गते १९:१२ मा प्रकाशित

काठमाण्डू, २४ माघ– सहकारी ठगी कसुरमा चितवन जिल्ला अदालतले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दियो ।

न्यायाधीश दयाराम ढकालको एकल इजलाले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि लामिछाने धरौटी बुझाएर रिहा भइसकेका छन् ।

न्यायाधीश ढकालको इजलाले उनलाई धरौटी माग गर्नुको कारणबारे आदेशमा उल्लेख गरेको छ । जसमा रविले चेक काटेको स्वीकार गरेकोदेखि गोर्खा मिडियाको सेयर सदस्यसम्म रहेको विषयहरूलाई आधार मान्दै अहिल्यै निर्दोष भन्न नमिल्ने उल्लेख गरेको छ ।

प्रहरीदेखि अदालतको बयानमा समेत रविले आफू निर्दोष रहेको दाबी गर्दै गरेका थिए । तर उनले आफूमाथि लागेको कसुर इन्कार गरे पनि सहकारीको रकम लगेर खडा गरिएको गोर्खा मिडियाको सेयर सदस्य रहेको र गोर्खा मिडियामा गएको रकम खर्च गरेकोसम्म आदेशमा उल्लेख गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us