काठमाण्डू, २४ माघ– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले संसद्मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकविरुद्ध युवाहरूले आवाज उठाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छन ।
आज बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन । सांसद श्रेष्ठले भनिन्, ‘हिजोबाट सामाजिक सञ्जालमा प्रोटेस्ट सुरु भएको छ ।
सरकारले दर्ता गरेको सामाजिक सञ्जाल विधेयकबारे आवाज सुरु भएको छ,’ ‘यो आवाजलाई सरकारले सुन्छ रु यो आवाज उठाउँदै गर्दा सरकारको ध्यानाकर्षण गराउँछु ।’ उनले युवाहरूलाई बोलाएर विधेयकबारे थप छलफल गर्न सुझाव पनि दिएकी छिन् ।