अध्यादेशमा सघाउन उपेन्द्रले मागे मधेसको मुख्यमन्त्री

काठमाण्डु टुडे २०८१ माघ २४ गते १३:१६ मा प्रकाशित

काठमाण्डू, २४ माघ – उपेन्द्र यादव नेतृत्वको जनता सामाजवादी पार्टी ९जसपा० लाई मधेस प्रदेशको मुख्यमन्त्री दिन काँग्रेस र एमाले तयार भएका छन् ।अध्यादेश पारित गर्न सघाउने सर्तमा मधेसको मुख्यमन्त्री दिन काँग्रेस–एमाले सहमत भएका हुन् ।

अध्यक्ष यादवले बुधबार राति र बिहीबार बिहान एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर संवाद गरेका थिए । जसपाले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अध्यादेशमा सुझाव दिन कार्यदल गठन गरेको थियो ।

कार्यदलले भूमिसम्बन्धीबाहेक अन्य ५ अध्यादेशमा समर्थन गर्न सकिने सुझाजसहित प्रतिवेदन तयार पारेको छ । काँग्रेस मुख्य सचेतक श्याम घिमिरेले जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुने बताए । जसपाले मधेसको मुख्यमन्त्री मागेको उनको भनाइ थियो ।

‘हामीलाई उपेन्द्रजीले धेरैपटक सहयोग दिने काम गर्नुभएको छ । हामीबाट केही लिनुभएको छैन । अहिले उहाँले मधेसको मुख्यमन्त्री माग्नुभएको छ । हामी त्यसमा सकारात्मक छौं’, घिमिरेले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us