शानदार मःमः पसलमा ग्यास सिलिण्डर विस्फोट, ११ घाइते

काठमाण्डु टुडे २०८१ माघ २४ गते ९:४१ मा प्रकाशित

काठमाण्डू, २४ माघ– काठमाण्डूको कमलपोखरीमा खाना पकाउने एलपी ग्यासको सिलिण्डर विष्फोट भएको छ ।

बिहीबार बिहान ९ बजेतिर कमलपोखरीस्थित सानदार मःमः सेन्टरमा ग्यास विस्फोट भएको हो ।

विस्फोटमा परी ११ जना घाइते भएका काठमाण्डू प्रहरी परिसरका एसपी अंगुर जिसीले जानकारी दिए । घाइतेमध्ये अधिकांश मःमः पसलका कर्मचारी छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us