काठमाण्डू, २४ माघ– धनगढीको नोभा हस्पिटलमा एक बिरामी कुरुवाको मृत्यु भएको छ ।
बिरामी कुर्न बसेका कञ्चनपुर वेदकोट नगरपालिका–६ सिसैयाका रवीन्द्र राना अस्पतालको शौचालयमा बुधबार राति मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार शौचालयमा लडिरहेको अवस्थामा राा मृत फेला परेका थिए ।
कैलाली प्रहरी प्रवक्ता डीएसपी कवीन्द्रसिंह बोहराका अनुसार राति २ बजेतिर शौचालय गएका उनी धेरै बेरसम्म ननिस्किएपछि सुरक्षा गार्डले ढोका खोलेर हेर्दा ढलिरहेको अवस्थामा भेटिएका थिए ।