काठमाण्डू , २३ माघ- त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त मदन भण्डारी मेमोरियल कलेजले कलेजको QAA प्रमाणपत्र प्राप्त भएको नौ महिना पूरा भएको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
शिविर यही फागुन २४ गते बिहान ९ बजे देखि १ बजे सम्म कलेजको प्राङ्गणमा सञ्चालन हुने कलेज प्रशासनले जनाएको छ ।
कलेजका अनुसार कार्यक्रममा दन्त परीक्षण, सुगर जाँच, रक्तचाप जाँच तथा क्यानिनपुञ्ज डेन्टल अस्पतालका विशेषज्ञहरूको सहभागिता रहनेछ ।
यस शिविरमार्फत जनतामा स्वास्थ्य सचेतना अभिवृद्धि हुने कलेजका प्रमुख डा. बाबुराम अधिकारीले जानकारी दिए ।