
सभामुख घिमिरे–छलफलमा
काठमाडौँ, २३ माघः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बुधबार सिंहदरबारस्थित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग अध्यादेश लगायतका विषयमा छलफल गर्नुभएको छ । तस्बिरः गोपाल दाहाल÷रासस
काठमाण्डू, २३ माघ– प्रतिनिधि सभाको बिहीबारको बैठकमा अध्यादेश अस्वीकार गर्ने सांसदहरूको तर्फबाट एक जनाले सामूहिक रूपमा प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ ।
अस्वीकार गर्ने सांसदहरूको तर्फबाट एक जना प्रस्तावक बनेर अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने र प्रस्तावकलाई ५ मिनेटको समय तय गरिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताए ।
सभामुखसँगको छलफलपछि बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा अन्य समर्थकहरूलाई बोल्नका लागि तीनरतीन मिनेटको समय छुट्याइएको बताए ।
उनले भने, ‘भोलिको संसदको बैठकमा पेस गर्ने कार्यसूचीका बारेमा छलफल भयो। सर्वसम्मतिले ती विषय तय भएको छ। अध्यादेश प्रस्तुत गर्ने कुरा, अध्यादेश अस्वीकार गर्ने सांसदहरूको सामूहिक रूपमा परेको प्रसतावमा एक जनाले प्रस्तुत गर्ने, ५ मिनेट उहाँले बोल्ने र तीन तीन मिनेट मान्यज्यूहरूले राख्ने, भोटिङ सामूहिक रूपमा जुनजुन प्रस्तुतकर्ता सांसदज्यूहरू हुनुहुन्छ, सामूहिक भोटिङ हुन्छ ।’
संसद बैठकमा सम्बन्धित मन्त्रीहरूले विधेयकको सम्बन्धमा जवाफ दिने पनि बताए ।
उनले प्रतिपक्ष दलको नेताले सम्बोधन गर्नुका साथै विशेष समय पनि राखिएको जानकारी दिए । न्युज एजेन्सी नेपाल