संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय

काठमाण्डु टुडे २०८१ माघ २३ गते १८:३२ मा प्रकाशित

काठमाण्डू, २३ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठकले आगामी संसद् बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ । आज बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिएकी छन ।

उनले दलको बैठकमा तीन वटा एजेन्डाहरू रहेको र जसमा संसदमा दर्ता भएका विषय, अध्यादेशको विषय र संसद्को आकस्मिक, विशेष र शून्य समयमा उठाउनुपर्ने विषयमा छलफल भएको बताइन ।

उनले पार्टी सभापति रवि लामिछानेका विषयमा संसदमा निरन्तर कुरा उठाउने दलले निर्णय गरेको पनि बताइन् । उनले भनिन्,‘दलको बैठकमा तीन वटा एजेण्डा राखेका थियौँ ।

संसदमा दर्ता भएका विषय, अध्यादेशको विषय र संसद्को आकस्मिक, विशेष र शून्य समयमा उठाउनुपर्ने विषयका थिए । अबको प्रतिनिधि सभाको बैठकमा पार्टीका एजेण्डा, सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गरौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us