बिहीबार प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने

काठमाण्डु टुडे २०८१ माघ २३ गते १८:२३ मा प्रकाशित

काठमाण्डू, २३ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रचण्डले सम्बोधन गर्ने तय भएको जानकारी दिएका छन । पाण्डेले भनेका छन्, ‘उहाँ (प्रचण्ड) ले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समसामयिक विषयमा आफ्नो धारणा र सरकारलाई सुझाव दिनुहुनेछ ।’

संघीय संसदको हिउँदे अधिवेशन ही माघ १८ गतेबाट सुरु भएको थियो । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए ।

तर, प्रचण्ड बोलेका थिएनन् । बिहीबार प्रतिनिधि सभामा यसअघि सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका विभिन्न ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने लगायतका सम्भाविक कार्यसूची छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us