अध्यादेशबारे सभामुखले गरे प्रमुख दलका सचेतकसँग सुरु गरे छलफल

काठमाण्डु टुडे २०८१ माघ २३ गते १६:४२ मा प्रकाशित

काठमाण्डू, २३ माघ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले संसदमा पेस गरेको अध्यादेश लगायतका विषयमा छलफल सुरु गरेका छन । सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल सुरु गरेका हुन ।

गत १८ माघमा बसेको संसद्को हिउँदे अधिवेशनमा सरकारले विभिन्न ६ वटा अध्यादेश पेस गरेको थियो । अध्यादेशको विपक्षी दलहरूले चर्को विरोध गरेका छन् । संसद्लाई छलेर सरकारले गलत तरिकाबाट अध्यादेश ल्याएको विपक्षी दलहरूको आरोप रहेको छ ।

सभामुखसँगको छलफलमा काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us