काठमाण्डू, २३ माघ–काभ्रेको बनेपामा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नामथर, वतन खुल्न नसकेका अन्दाजी २५–२६ वर्षीय एक पुरुष रहेको प्रहरीले जानकारी दिएको छ ।
बनेपा नगरपालिका–१० पुलबजारस्थित सडकमा बा ५ ख ३२४६ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको ।