काठमाण्डू, २३ माघ– सप्तरीमा आफ्नै दाजुको हत्या गरेको आरोप लागेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–२ घर भएका उमेश रजक रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले आफ्नै ४० वर्षीय दाइ गणेश रजकको १ माघ २०६१ मा हत्या गरेको आरोप रहेको छ ।
हत्यापछि २० वर्षसम्म उनी फरार हुँदै आएका थिए । पक्राउ परेका उनीविरुद्ध सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।