बेलायती राजकुमारले कुँदे काठमा बुट्टा

काठमाण्डु टुडे २०८१ माघ २३ गते १२:५७ मा प्रकाशित

काठमाण्डू, २३ माघ– नेपाल भ्रमणमा आएका बेलायती राजकुमार एडवर्डले आज बुधबार भक्तपुर क्षेत्रको अवलोकन गरेका छन् । सो क्रममा उनी नेपाली परम्परागत काष्ठकलाको काममा पनि संलग्न भएका छन ।

उनले हथौडा र छिनो प्रयोग गरेर केहीबेर काठमा बुट्टा कुँद्ने काम समेत गरेका थिए । पत्नी सोफीसहित भक्तपुर दरबार क्षेत्र अवलोकनमा गएका उनले त्यहाँका परम्परागत कला र सँस्कृतिको चाखपूर्वक अवलोकन गरेका थिए ।

भक्तपुर दरबार क्षेत्रभित्रै रहेको नवदूर्गा परिसरको नमूना घरमा राजकुमारले काठमा बुट्टा कुँदेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us