काठमाण्डू, २२ माघ– कांग्रेस महामन्त्री गगन थापाले सरकाको काम गर्ने गति नमिलेको बताएका छन । महामन्त्री थापाले सरकारको काम गर्ने गति कम भएकोर काम गर्ने गति बढाउनु पर्ने पनि बताएका छन ।
आज मंगलबार पर्वत प्रदेश (ख) को प्रथम सम्मेलनमा बोल्ने क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन । उनले कतिपय विषयमा गतिसँगै मति पनि ठीक नभएको पनि बताए ।
उनले भने, ‘मति र गति ठीक बनायौं भने परिणाम पनि ठीक आउँछ । यो गराउने जिम्मा कस्को हो त ? ‘जिम्मेवारी हाम्रो होइन, हामी देशको जेष्ठ पार्टी हो । जेष्ठ पार्टी हुनुको अर्थ समाल्ने हाम्रो धर्म हो ।’
नेपाल बन्दैछ र हामी बनाउँछौ भन्ने कांग्रेसको नारा हुनुपर्ने उनले बताए । निराशा फैलाउने नभई आशा फैलाउने काम कांग्रेसको हुनुपर्ने थापाले बताएका छन । महामन्त्री थापाले प्रदेशलाई बलियो बनाउन संघका मन्त्रालयहरु घटाउनु पर्ने तर्क समेत गरेका छन ।
संघको शहरी विकास मन्त्रालयले समेत पाँच लाखका योजना बनाउने काममा लाग्न नहुने उनले बताएका छन ।