कास्कीमा एक जना मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०८१ माघ २२ गते १४:४३ मा प्रकाशित

काठमाण्डू, २२ माघ– कास्कीमा एक जना मृत अवस्थामा फेला परेका छन । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ मौरिया बस्ने ७५ वर्षीय धन प्रसाद कामी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ ।

कामी सोही गाउँपालिका–८ तमुस्थित बाङ्गे खोलामा मृत अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us