नुवाकोट, २१ माघ – नेकपा एमाले विदुर नगर कमिटीको दोस्रो अधिवेशनको प्रतिक चिन्ह लोगो सार्वजनिक भएको छ । सोमबार विदुरमा आयोजित कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य विन्दा ढुंगानाले प्रतिक चिन्ह सार्वजनिक गरेकी हुन् ।
कार्यक्रममा केन्द्रीय सदस्य ढुंगानाले सहमति र सर्वसम्मत ढंगले नेतृत्व चयन गरि अधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए । समग्र विदुर नगरपालिका झल्कने प्रतिकचिन्हमा राष्ट्रिय झण्डा सहित नुवाकोट दरबार, घण्टाघर, गंगटेपार्क, बेत्रावती उत्तरगयाधाम, गंगटेपार्क, दुधेलामा, पृथ्वीनारायण शाहको शालिक, लक्ष्मी नारायण मन्दिर, सिल्ट्याङ्की, ढिकिजाँतो चुली लगायत विदुर नगर पालिका भित्र रहेको ऐतिहासिक पर्यटकीय एवं धार्मिक केन्द्रहरु अङ्कित रहेको नगर कमिटीका अध्यक्ष अनुजकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले स्कुल विभागका केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी सदस्य प्रल्हाद प्याकुरेल, जिल्ला कमिटी सचिव शिव चित्रकार, उपसचिव राजेन्द्र प्रकाश पाण्डे, पूर्व नगर कमिटी अध्यक्ष नवीन चित्रकार लगायतका नेताहरुको उपस्थिति थियोे ।