काठमाण्डू, २२ माघ– आज (मंगलबार) बेलायती राजकुमारी सोफिया नेपाल आइपुगेकी छन । उनी राजकुमार एडवार्डकी श्रीमती हुन । मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गर्दा उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।
एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् । राजकुमार एडवार्ड पनि आजै नेपाल आउँदैछन् । केही समयपछि उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने बताइएको छ ।