सुनवलको भुमहीको एक सप्लायर्समा आगलागी

काठमाण्डु टुडे २०८१ माघ २२ गते ११:३२ मा प्रकाशित

काठमाण्डू, २२ माघ– नवलपरासीको सुनवल नगरपालिका-१२ भुमहीस्थित जय कालिका ट्रेडिङ सप्लायर्समा आगलागी भएको छ । गएराति करिब साढे १ बजेतिर लागेको आगो आज बिहान ३ बजेर २० मिनेटमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जानकारी दिएको छ ।

लेखनाथ खरेलले सञ्चालन गरेको सप्लायर्समा गाडीका टायर, मोबिल, ब्याट्री लगायतका सामान थिए । ती जलेर नष्ट भएको प्रहरीले जनाएको छ । तर क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

आगलागीको कारण पनि अझै खुल्न सकेको छैन । ‘मुचुल्का उठाउने क्रम जारी छ, क्षतिको विवरण खुल्न बाँकी छ’ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता डीएसपी रेशम बोहराले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us