दुनियाँका सक्षम नेतामा केपी ओली पनि पर्नुहुन्छः विष्णु पौडेल

काठमाण्डु टुडे २०८१ माघ २१ गते १८:३६ मा प्रकाशित

काठमाण्डू, २२ माघ– एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले दुनियाँका सक्षम नेताहरूको सूचीमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि पर्ने बताएका छन ।

आज (सोमबार) रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर दुर्गादत्त माविको हिरक महोत्सवलाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री पौडेलले यस्तो बताएका हुन ।

उनले जस्तोसुकै परीक्षा उत्तीर्ण गरेको लिडर भएकाले परिणाम दिनेगरी सरकारको काम गर्ने पनि बताएका छन । उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली उत्कृष्ट राजनेता हो, उहाँ दुनियाँका सक्षम नेताहरूमध्येमा पर्नुहुन्छ, ‘ओली जस्तोसुकै परीक्षा उत्तीर्ण गरेको टेस्टेड लिडर हुनुहुन्छ, यस्तो नेताको नेतृत्वमा बनेको सरकारले परिणाम दिनेगरी ढुक्कसँग चल्छ ।’

देशमा राजनीतिक स्थायित्व दिन नेपाली कांग्रेस र एमाले नेतृत्वको सरकार बनेको तर्क उनले गरे । साथै, उनले विकास र सुशासनमा केन्द्रित रहेर अहिलेको सरकारले काम गरिरहेको पनि बताएका छन ।

सरकार विकास र सुशासनमा केन्द्रित रहेर काम गरेको छ, विगतका सरकारले गरेका बेतिथिलाई पन्छाउँदै नागरिकका निराशालाई आशामा बदलेर भौतिक र मानवीय विकासमा केन्द्रित छ’ उनले भने ।

अर्थमन्त्री पौडेलले रूपन्देहीको तिलोत्तमामा प्रस्तावित बुटवल मेडिकल कलेज अब बन्ने पालो आएको पनि बताएका छन् । उनले थपे, ‘अघिल्लो सरकारको शिक्षामन्त्री सुमना श्रेष्ठले मेडिकल कलेज खारेज गर्ने कोशिस गर्नुभएको थियो, त्यसलाई खारेज गर्नबाट रोकिएको छ, अब डीपीआर सकिएपछि पूर्वाधार निर्माणको काम अघि बढछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us