पूर्वउपराष्ट्रपति पुन पनि माओवादी पदाधिकारी !

काठमाण्डु टुडे २०८१ माघ २१ गते १४:१६ मा प्रकाशित

काठमाण्डू, २२ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष प्रचण्डको निवास खुमलटारमा जारी छ। बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन ।

बैठकमा उनी पार्टी पदाधिकारीकै हैसियतमा सहभागी भएका हुन्। त्यसो त उनी गत पुस २१ गतेको केन्द्रीय समिति बैठकमा पनि सहभागी भएका थिए। त्यहाँ उनी उपाध्यक्षको लाइनमा बसेका थिए ।

सक्रिय राजनीतिमा फर्किने चर्चाका बीच केन्द्रीय समिति बैठकमा सहभागी भएका पुनलाई धेरै केन्द्रीय सदस्यहरूले राजनीतिमा सक्रिय नहुन सुझाव दिएका थिए ।

उसो त त्यसअघिको एक पदाधिकारी, एक स्थायी कमिटी बैठकमा पनि उनी सहभागी भइसकेका थिए । अध्यक्ष पुष्पकमल दाहालले नै उनलाई सक्रिय राजनीतिमा फर्काउन चाहेका छन् ।

उपराष्ट्रपति भइसकेको व्यक्ति पुनस् सक्रिय राजनीतिमा फर्किन नहुने भन्ने आलोचनामा अध्यक्ष दाहालले पुन आफ्नै चाहनाले राजनीतिमा फर्किन लागेको जवाफ दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us