काठमाण्डू, २२ माघ– पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान सवारी दुर्घटनामा हुदाँ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला रहेका छन ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा सिटौला गम्भीर घाइते भएका थिए ।
टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले जाँच गर्दा मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।