टिपरले कार र स्कुटरलाई ठक्कर दियो, आमाको मृत्यु, छोरा घाइते

काठमाण्डु टुडे २०८१ माघ २१ गते ९:२७ मा प्रकाशित

तनहुँ, २१ माघ– तनहुँमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा ग१क५८९६ नम्बरको टिपरले विपरीत दिशामा रहेको आउँदै गरेको प्र–३–०१–०२२च६७७८ नम्बरको कार र ग१८प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

तनहुँ प्रहरीका डिएसपी अशोक थापाका अनुसार टिपरको ठक्करबाट स्कुटरमा सवार पोखरा महानगरपालिका–३२ की ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा मृतकका छोरा स्कुटर चालक २१ वर्षीय दीपेश क्षेत्री घाइते छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us