६ दिनपछि घटेको सेयर बजारमा कारोबार नाघ्यो ७ अर्ब

काठमाण्डु टुडे २०८१ पुष २५ गते १६:१७ मा प्रकाशित

काठमाण्डू, २५ पुस– साताको कारोबारको अन्तिम दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ । लगातार ६ दिन बढेको सेयर बजार आज सातौँ कारोबार दिनमा भने दोहोरो अङ्कले घटेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार १८ अङ्कले बजार घट्दा परिसूचक २६३५ बिन्दुमा पुगेको छ । बजार घटे पनि कारोबार रकम भने वृद्धि भएको छ । आज ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

बिहीबार बाराही हाइड्रो र हिमालयन पावर पार्टनरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज होटल तथा पर्यटन समूहको सूचक ०.९९ प्रतिशतले बढ्यो ।

अन्य सबै उपसमूहको सूचक घटेको छ । समग्रमा यो साताभर बजार ४४ अङ्कले बढेको छ । आइतबार २५९१ बिन्दुमा रहेको परिसूचक आज २६३५ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us