५.३२ अंकले बढ्यो नेप्से

काठमाण्डु टुडे २०८१ पुष २१ गते १६:१९ मा प्रकाशित

काठमाण्डु, २१ पुस– साताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचन नेप्से सामान्य अंकले बढेको छ । समग्र बजार ५.३२ अंकले बढ्दा परिसूचक २५९१.५६ बिन्दुमा पुगेको छ ।

आज कुल १४१ कम्पनीको मूल्य बढेको छ । ९४ कम्पनीको घट्दा ८ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाकारी दिएको छ ।

बजार सामान्य अंकले बढे पनि उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

डोल्टी र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको पनि नेप्सेले जनाएको छ । आज जलविद्युत् र व्यापारतर्फका कम्पनीको लगानी बढ्यो ।

यी दुई उपसमूहको सूचक क्रमशः १.६७ र १.१४ प्रतिशतले बढेको छ । कारोबार रकमका हिसाबले आज जानकी फाइनान्स शीर्षमा रह्यो । यसको १९ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us