काठमाण्डु, १७ पुस– साताको कारोबारको चौथो दिन आज बुधबार सेयर बजार परिसूचक नेप्से ५ अंकले वृद्धि भएको छ ।
बजार सामान्य अंकले बढ्दा परिसूचक २५८१.६० बिन्दुमा उक्लीएको छ । परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि बुधबार कारोबार रकम भने आरोलो लागेको छ ।
बुधबार कुल ३०५ कम्पनीको ९४ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
मंगलबार ५ अर्ब ६१ करोडको कारोबार भएको थियो । बुधबार १५० कम्पनीको मूल्य बढेको छ । त्रिशूली जलविद्युत् कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
आत्मनिर्भर लघुवित्त लगायत चार कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । सपोर्ट माइक्रोफाइनान्सको मूल्यमा बुधबार पनि नकारात्मक सर्किट लाग्यो ।
बुधबार फाइनान्स कम्पनीतर्फ लगानीकर्ता आकर्षित देखिए । जसले गर्दा यो समूहको सूचक ३.८७ प्रतिशतले बढ्यएको नेप्सेले जनाएको छ ।